एमालेद्धारा केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउन प्रस्ताव

एमालेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
ओलीको नेतृत्वमा सरकार गठनको विषयमा अन्य दलसँग वार्ता गर्न एमालेले पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
कार्यदलमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, विद्या भण्डारी र इश्वर पोखरेल छन् ।
यसैबीच एमालेको स्थायी कमिटी बैठकले पनि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले सहमतीय सरकार गठनका लागि अधिकतम् पहल गर्ने निर्णय समेत गरेको छ ।  इमेजखबरमा समाचार छ ।