बिहानदेखि सवारी आवतजावत् खुकुलो भएको सुनौली-भैहरवा नाका फेरि अबरुद्ध भएको छ ।
दिउसो १ बजेसम्म विभिन्न सामाग्री बोकेका ५४ वटा ट्रक र अन्य मालबाहक सवारी नेपाल प्रवेश गरे पनि १ बजेपछि मधेसी मोर्चाको प्रदर्शनका कारण नाका अवरुद्ध भएको हो ।
सीमाको नेपाली भूभागपट्टि मोर्चाका कार्यकर्ताले अहिले नारावाजी र भाषण गरिरहेका छन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भए पनि उनीहरुले हस्तक्षेप गरेका छैनन् । बिहानदेखि प्रवेश मालबाहक ट्रक आएका भए पनि इन्धन बोकेका ट्यांकर भने एउटा पनि आएका छैनन् । ईकान्तिपुरमा समाचार छ ।