आन्दोलन सुरु गरेको ५१ दिनपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न टोली गठन गरेको छ । राजधानीमा आइतबार बसेको मोर्चा बैठकले सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत र तमसपा उपाध्यक्ष रामनरेश यादव रहेको वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । योसँगै तीन ठूला दल र आन्दोलनकारी मोर्चाबीच औपचारिक वार्ताको ढोका खुलेको छ । ईकान्तिपुरमा समाचार छ ।
तीन ठूला दलको वार्ता पहललाई सकारात्मक रुपमा लिंदै मोर्चाले सरकारी प्रतिबद्धतामा अबको सहमति निर्भर रहेको जनाएको छ । मधेसी दलहरुले संघीय प्रदेशको सीमांकनलगायत मुद्दामा ठोस अवधारणाको माग गरेका छन् ।