सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एमालेको नेतृत्वमा सरकार नबने आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा पण्डितले संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमतिलाई कार्यान्वयन नगरी बहुमतीय प्रक्रियामा गए आफ्नो पार्टी प्रतिपक्षमै बस्ने सम्भावना बढेको बताएका हुन् ।
राष्ट्रपति रामवरण यादवले ७ दिनमा सहमतिको सरकार गठन गर्न आहवान गरेपछि नयाँ-नयाँ ध्रुवीकरणहरू देखिने क्रम जारी रहेकाले समेत अबको सरकार सहमतिको भन्दा पनि बहुमतीय आधारमा निर्माण हुने उनले टिप्पणी गरे । विश्वकै सर्वाेत्कृष्ट संविधान नेपालका जनप्रतिनिधिहरूबाट निर्माण भएको भन्दै मन्त्री पण्डितले कुनै पनि वैदेशिक हस्तक्षेप नेपालीलाई सहय नहुने बताए ।
संविधान जारीसँगै विभिन्न खालका विषय बाहिर आएको भन्दै उनले भने,