महाभुकम्पमा परी आफना आमा बुबा गुमाएका बालबालिकाहरुको लागि विशेष छात्रवृत्ति सहयोग वितरण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले गत २०७२ साल बैशाख १२ गते र २९ गते गएको महाभुकम्पमा परी आफना आमा बुबा गुमाएका बालबालिकाहरुको लागि विशेष छात्रवृत्ति सहयोग वितरण गरेको छ। पुण्य फाउण्डेशन अष्ट्रेलियाको सहयोगमा भुकम्प प्रभावित सिन्धुपाल्चोक, काभ्रे र धादिङका बाबुआमा गुमाएका ५७ जना बालबालिकालाई झोला, कपि, कलम, जुत्ता र परीक्षा शुल्क सहयोगका लागि केही नगदसमेत वितरण गरिएको हो। अभिभावक गुमाएको अवस्थामा पनि बालबालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग पुर्‍याउने उद्देश्यले महासंघले पुण्य फाउण्डेशन मार्फत सहयोग गरेको हो।  
 
महाभूकम्पले आफना आमाबुबा गुमाएका बालबालिकाहरुको लागि अष्ट्रेलियामा स्थापना भएको पुण्य फाउन्डेशनको अष्ट्रेलियाको सहयोगमा वितरण भएको विशेष छात्रवृत्ति कार्यक्रम धादिङको गुम्दी गाविसको श्री तामाङ खर्क उच्च माध्यमिक विद्यालयको परिशर भित्र करिब ३०० जना अभिभावक र विद्यार्थी तथा शिक्षकहरुकाबीच २७ बालबालिकारुलाई झोला,कपी,कलम ,जुत्ता, विद्यालय पोशाक सहित नगद सहयोग विरतण कार्य सम्पन्न भएको छ भने सिन्धुपाल्चोक जिल्लाको क्षेत्रमा श्री आनन्द उच्चमा.बि जलविरेमा  २२ जना र काभ्रे जिल्लाको धुलिखेलमा ८ बालबालिकाहरुका लागि विशेष छात्रवृत्ति वितरण गरेको कुरा महासंघका छात्रवृत्ति कार्यक्रम का संयोजक मोहन निरौलाले जनाएका छन्।
यो अभियानलाई निरन्तरता दिनका लागि पुण्य फाउन्डेशन र सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघका बिच प्रारभिक बालकक्षा देखि माध्यामिक तहसम्म अध्ययन गर्ने अभिभावक गुमाएका अनाथ छात्रछात्राहरुलाई विशेष छात्रवृत्ति दिने गरि १० वर्षे योजना बनाएको कुरा महासंघको केन्द्रीय अध्यक्ष कृष्ण थापाले बताए। सेतोपाटीमा समाचार छ ।