नेपालमा देखिएको आपूर्ति समस्या समाधान गर्न युरोपियन युनियन इयू आवद्ध मुलुकहरुले मानवीय सहयोग पुर्‍याउने

नेपालमा देखिएको आपूर्ति समस्या समाधान गर्न युरोपियन युनियन इयू आवद्ध मुलुकहरुले मानवीय सहयोग पुर्‍याउने जनाएका छन् ।
मंगलबार विज्ञप्ति निकाली इयूसम्बद्ध मुलुकका राजदूतहरुले आपूर्ति समस्या झेलिरहेका अस्थायी टहरामा बसोबास गर्ने गरिबका लागि मानवीय सामग्रीको आपूर्ति सहज पार्ने उल्लेख गरेका हुन् ।
भारतले डेढ हप्तादेखि पेट्रोलियम पदार्थ, औषधि तथा ग्याँससहितका अति आवश्यकीय सामग्री आपूर्ति रोकेको सन्दर्भमा डेनमार्क, फिन्ल्यान्ड, फ्रान्स, जर्मनी, बेलायतका राजदूतले विज्ञप्ति निकालेर आपूर्ति समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् ।
आपूर्ति बन्द हुँदा तराई लगायतका क्षेत्रमा बसोबास गर्ने गरिब बढी पीडित भएको इयूले उल्लेख गरेको छ ।
गत वैशाख १२ को भूकम्पले नेपालको थप ३ दशमलव ५ प्रतिशत जनसंख्यालाई गरिबीको रेखामुनि धकेलेको स्थितिमा मानवीय सामग्रीको आपूर्ति बन्द हुँदा गरिबको स्थिति झन् नाजुक भएको इयूले जनाएको छ ।
इयूआवद्ध मुलुकका काठमाडौंस्थित राजदूतहरुले सबै पक्षलाई वार्तामा लचिलो रुपमा पेश भइ समाधान खोज्न आग्रह गरेका हुन् । इमेजखबरमा समाचार छ । 
विज्ञप्ति हेर्नोस्ः