सिन्धुलीका भूकम्प पीडितहरु दसैंको मुखमा निराश भएका छन् । भारतले सीमा क्षेत्रमा गरेको नाकाबन्दीका कारण निर्माण सामाग्रीको अभाव र पेट्रोलियम पदार्थ नपाउँदा ढुवानीमा समस्या भएपछि उनीहरु निराश भएका हुन् ।
निर्माण सामाग्रीको अभावले भूकम्पले भत्काएका घर पुनर्निर्माणमा समस्या भएको छ । सामान अभावमा पीडितहरुले अहिलेसम्म अस्थायी टहरा समेत निर्माण गर्न सकेका छैनन् ।
सरकारले भूकम्पपीडितहरुलाई अस्थायी घर टहरा निर्माणका लागि प्रति परिवार १५ हजार रुपैयाँ दिए पनि सामाग्री अभावका कारण समस्या भएको पीडितहरुको गुनासो छ । इमेजखबरमा समाचार छ ।