कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरेको छ ।
गत जेठ/असारमा सञ्चालित परीक्षाको नतिजा बुधबार प्रकाशित भएको हो । प्रकाशित नतिजाअनुसार नियमित तर्फ ३९ दशमलव ९९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । ती मध्ये ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । नियमिततर्फ एक सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने दुई जनाको स्थगित गरिएको छ ।
यस्तै आंशिकतर्फ एक लाख ३९ हजार ८ विद्यार्थीमध्ये ४१ हजार ९ सय २६ जना उत्तीर्ण भएका छन् ।
परिषद्ले विज्ञान संकायको नतिजा भने गत भदौ ११ गते नै प्रकाशित गरिसकेको थियो । एक विषयमा अनुत्तीर्णहरूको मौका परीक्षा कात्तिक २१ गते शनिबार हुनेछ । इमेजखबरमा समाचार छ ।