कांग्रेसका सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलद्धारा प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत

कांग्रेसका तीनै शीर्ष नेता सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैजनाले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेका छन् । 
पदाधिकारी बैठकमा कांग्रेसका तीनै शीर्ष नेताले प्रधानमन्त्री उम्मेदवारमा आकांक्षा देखाएपछि पदाधिकारी बैठक सकिएको छ ।
 पदाधिकारी बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैजनाले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेको स्रोतले जनाएको छ ।
पदाधिकारी बैठकमा उम्मेदवार टुंगो नलागेपछि अहिले बस्ने भनिएको केन्द्रिय समितिको बैठक दिउसो २ बजेलाई सारिएको छ । पदाधिकारी बैठकअघि तीन नेताको पनि बैठक भएको थियो । ईकान्तिपुरमा समाचार छ ।