सरकारले खुमबहादुर खड्कालाई स्वास्थ्योपचारका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने

सरकारले कांग्रेस नेता खुमबहादुर खड्कालाई स्वास्थ्योपचारका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खड्काको उपचारका लागि २० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।
खड्का दुबै मृगौला फेल भई उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएका छन् । पछिल्लो समय उनी हिन्दु राष्ट्र स्थापना अभियानमा सक्रिय सहभागी थिए ।
यस्तै सगरमाथा आरोही मिनबहादुर शेरचनलाई ३ लाख दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । इमेजखबरमा समाचार छ ।