नेपाल प्रहरीका ३५ जना एसएसपीहरुको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विक्रम सिंह थापालाई ल्याइएको छ भने यसअघिका काठमाडौं प्रहरी प्रमुख उत्तमसिंह कार्कीलाई प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी, एसएसपी गणेश केसीलाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंमा सरुवा गरिएको छ भने एसएसपी शरद चन्दलाई महानगरीय प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ ।
यसैगरी, एसएसपी मिलन बस्नेतलाई महानगरीय ट्राफिक महाशाखामा र एसएसपी रमेश खरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।
वाग्मती अन्चल प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई अन्चल प्रहरी कार्यालय सेतीमा पठाइएको छ भने नारायण सिंह खड्कालाई अन्चल प्रहरी कार्यालय नारायणीमा सरुवा गरिएको छ । इमेजखबरमा समाचार छ ।