कांग्रेस सुशील कोइराला र एमाले केपी शर्मा ओलीद्धारा प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन दर्ता

प्रधानमन्त्री पदबाट राजीनामा बुझाएलगत्तै सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।  
कोइरालाले बरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र उप सभापति रामचन्द्र पौडेलको समर्थनमा उम्मेद्वारी दर्ता गराएका हुन् । 
उम्मेदवारी दर्ता गराएपछि कोइरालाले लोकतान्त्रिक अभ्यास भएकाले पार्टीको निर्णय बमोजिम आफुले उम्मेदवारी दिएको बताए । मेरो उम्मेदवारी फिर्ता हुँदैन, यो पार्टीको निर्णय हो,  उनले भने । उनले अोलीले जिते आफूले सहयोग गर्ने र आफूले जिते अोलीले सहयोग गर्ने भन्दै सहकार्य नटुट्ने बताए । ईकान्तिपुरमा समाचार छ । 
ओलीले प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन दर्ता
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
ओलीको उम्मेदवारीको प्रस्तावकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेका छन् ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन एकीकृत माओवादी, राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुमजन शक्ति, नेपाः राष्ट्रिय पार्टी, परिवार दल र अखण्ड पार्टीले सहयोग गर्ने भएका छन् ।
उम्मेद्वारीका लागि दिउँसो ४ बजेसम्मको समय तया गरिएको छ । संसद् सचिवालयले तयार गरेको कार्यसूची अनुसार साँझ ५ बजेभित्र उम्मेदवारी अन्तिम नामावली प्रकाशन गरिने छ । प्रधानमन्त्रीको उम्मेदवार दर्ता भइसकेपछि संसदमा भोलि मतदान गरिने व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री चयनकै प्रयोजनका भोलि विहान ११ बजेका लागि संसद् बैठक आह्वान गरिएको छ । संसद् सचिवालयले सभामुख सुवासचन्द्र नेम्बाङको निर्देशनमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । इमेजखबरमा समाचार छ ।