मसालका महामन्त्री मोहन विक्रम सिंहद्धारा पार्टीहरु सत्ताका लागि झगडा गर्दा उपलव्धी सुरक्षीत हुन नसकेको उल्लेख

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले ठूला आन्दोलनपछि पार्टीहरु सत्ताका लागि झगडा गर्दा उपलव्धी सुरक्षीत हुन नसकेको बताएका छन्। राष्ट्रिय जनमोर्चा कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले आन्दोलनका उपलब्धी सुरक्षीत नगर्दा भारतले चलखेल गर्ने ठाउँ पाएको बताए।
 
उनले भने – नेपालको राजनीतिमा आन्दोलनको समाप्ती पछि सत्ताका लागी झगडा गर्दा उपलब्धी गुमे, सत्ताका लागी भारतको सर्मथन खोज्दै हिड् छन्।
 
उनले भारतले नेपालको संविधान र प्रधानमन्त्री चयन प्रक्रियामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाएका छन्। भारतले नेपालको संविधान आफूले भने जस्तो नभएकोमा नाकाबन्दी गरेको र प्रधामन्त्री चयन प्रक्रियामा पनि हस्तक्षेप गर्नका लागि नाकाबन्दी कडा पारेको बताए।
 
अर्धभूमिगत रुपमा रहेका नेकपा मसालका महामन्त्री सिहले नाकावन्दी र मधेशवादी दलको आन्दोलनलाई सामना गर्न सबै राजनैतिक पार्टीहरु एकआपसमा मिलेर सहमतिको आधारमा नयां सरकार बन्नु पर्नेमा जोड दिए। नेपालका राजनीतिक दलहरु मिलेर अगाडी बढ्ने हो भने भारतको हस्तक्षेपकारी भूमिका एकपछि अर्को गर्दै असफल बन्दै जाने उनको दावी छ। सेतोपाटीमा समाचार छ ।