महान पर्व दशैंलाई मध्यनजर गर्दै थरुहटद्धारा कैलालीको बजार तथा यातायात बन्द फिर्ता

 थरुहट/थारुवान आन्दोलनरत पक्षले दशैंलाई मध्यनजर गर्दै केहि दिनका लागि कैलालीको बजार तथा यातायात बन्द फिर्ता लिएको छ । 
धनगढीमा आन्दोलनरत पक्षले शनिवार  पत्रकार सम्मेलन मार्फत नेपालीहरुको महान पर्व दशैंलाई मध्यनजर गर्दै जिल्लाभित्र सञ्चालित सवारी साधन र बजार खुला गरिएको बताए । यहाँबाट लामो दुरीका लागि सञ्चालन हुने बस तथा मालबाहक ढुवानीका साधनलाई भने चल्न नदिने उनीहरुले बताए ।
त्यसैगरि कार्तिक १५ सम्मका लागि आन्दोलनका कार्यक्रमको  स्वरुप परिर्वतन गरिएको उनीहरुले बताएका छन ।  
दशैं तिहारको अवधिमा  सरकारी, गैरसरकारी र सार्वजनिक स्थलमा थारु स्वायत्त प्रदेशको भित्ते लेखन गर्ने,  कालो झण्डा गाडेर अन्नबाली स्याहार्ने, बिरोध स्वरुप दशैंलाई कालो मान्ने र  जनजागरण  अभियान जस्ता कार्यक्रम सञ्चालन गरिनें बताए । 
पत्रकार सम्मेलनमा थरुहट संघर्ष समितिका प्रवक्ता माधव चौधरी र  काग्रेसका जिल्ला सचिव  खेम चौधरी लगायतका नेताहरुको उपस्थिती थियो। ईकान्तिपुरमा समाचार छ ।