नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुँदै छन् ।
एमालेका १८३, एमाओवादीका ८३ (बाबुराम भट्टरार्इ बाहेक) र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ ।
प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको छ ।
कांग्रेससँग २०७ मत छ । कांग्रेसले मधेसवादीसहितका दलको समर्थनको अपेक्षा गरेको छ । तर, मधेसवादी दलहरूले सरकारबारे निर्णय गरेका छैनन् ।