प्रधानमन्त्री केपी ओलीले सोमबार सानो मन्त्रिमण्डल विस्तार गर्ने, टोपबहादुर रायामाझी र कमल थापा लगायतले मन्त्रिपदको सपथ लिने

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भोलि सानो मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमाले उच्च स्रोतका अनुसार  प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूको पनि सपथ हुने भएको हो। जसअनुसार बिष्णु पौडेल, भीम रावल, सत्रुघन महतो, कृष्णबहादुर महतो, टोपबहादुर रायामाझी र कमल थापाले मन्त्रिपदको सपथ लिने भएका हुन्।
जसमध्ये कमल थापाको मात्र मन्त्रालय टुंगो लागेको स्रोतले बतायो। कमल थापाले उपप्रधान तथा परराष्ट्र मन्त्री पाउने भएका छन्। भोलि दिउँसो १ बजे राष्ट्रपतिले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको पद तथा गोपनियताको सपथ दिलाउने छन्। 
संविधानको धारा ८० अनुसार राष्ट्रपतिले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई सपथ खुवाउने भएका हुन्। राज्यमन्त्री र सहायक मन्त्रीले भने प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ। सेतोपाटीमा समाचार छ ।