कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार रिक्त विभिन्न पदमा लोकतान्त्रिक प्रक्रिया अनुसार प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुका अनुसार प्रधानमन्त्री पदमा प्रतिश्पर्धा गरिसकेका कारण अन्य पदमा पनि प्रतिश्पर्धामा उत्रने निर्णय पार्टीले गरेको हो ।
प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा आफूलाई सघाउने दलहरुसँग छलफल गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदमा समेत उम्मेदवारी दिने निर्णय भएको बडुले जनाए । इमेजखबरमा समाचार छ ।