मन्त्री बनाउने विषयमा एकीकृत माओवादीभित्र किचलो

सरकारमा सहभागिताका विषयमा एकीकृत माओवादीभित्र किचलो भएको छ ।
पार्टीको नेतृत्व गरी सरकारमा कस्लाई पठाउने भन्नेमा टुंगो लगाउन प्रचण्ड निवास लाजिम्पाटमा भएको बैंठकमा सहमति जुट्न नसकेको हो ।
यद्यपि, बैठक चलिरहेको छ । बैंठकले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाउन सकेको छैन । स्रोतका अनुसार सरकारको उपप्रधान तथा गृह मन्त्रीमा महासचिव कृष्णबहादुर महरा र सभामुखमा गिरीराजमणी पोखरेललाई पठाउने टुगो भएपनि आधिकारीक निर्णय भने गरी सकेको छैन् ।
यसअघि सभामुखमा कृष्णबहादुर महराको नाम चर्चामा थियो । यता गृहमन्त्रीको दावी गर्दे आएका टोपबहादुृर रायमाझीले स्थानीय विकासको जिम्मेवारी पाउने भएका छन् ।
एमाओवादीले गृह, स्थानीय बिकास तथा संघीय मामिला, वन तथा भू संरक्षण, समान्य प्रशासन तथा आपूर्ति तथा कृषिगरी आठ मन्त्रालय पाउने सहमति भएको थियो । इमेजखबरमा समाचार छ ।