सरकारले तराईमा आन्दोलनरत दलहरुलाई वार्तामा आउन फेरि आह्वान गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले तराई-मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता गर्न टोलीसमेत गठन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि प्रधानमन्त्रीले अरु दलसँग छलफल गरेर निर्णय गर्ने सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए । बिहीबार नै प्रधानमन्त्रीले लिखित बक्तव्य जारी गरेर वार्ताका लागि आह्वान गर्ने समेत उनले जानकारी गराए ।
देशमा देखिएको इन्धन अभाव समाधान गर्न पहल भइरहेको र बैकल्पिक उपायको खोजी भइरहेको पनि सरकारले जनाएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गरेको छ । इमेजखबरमा समाचार छ ।