नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपाल एयरलाइन्सको एयरबस ए ३२०-२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ ७:५ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो । 

एयरलाइन्स स्रोतका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा हवाई इन्जिनियरले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए ।
यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,  सम्भावित दुर्घटनाबारे चालक दलका एक सदस्यले भने,