फोरम लोकतान्त्रिकका महासचिवसहित ८४ जनाले पार्टी परित्याग गरे

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रकुमार सिंह यादव, सप्तरी अध्यक्ष सत्यनारायण यादवसहित ८४ जनाले पार्टी परित्याग गरेका छन् ।
सप्तरीको राजविराजस्थित सिंह निवासमा पत्रकार सम्मेलन गरी उनीहरुले अध्यक्ष विजयकुमार गच्छदारले थारु मधेसीको भावना विपरीत आन्दोलन तुहाउने काम गरेकाले पार्टी त्याग्नु परेको बताए ।
पार्टी छाड्नेमा सप्तरी जिल्ला, क्षेत्रीय र बुथ कमिटीका सदस्य र भ्रातृ संस्थाका नेता तथा कार्यकर्ता छन् । इमेजखबरमा समाचार छ ।