पाल्पा, गुल्मी, अर्घाखॉची, स्याङ्गजालगायत जिल्लामा इन्धन अभावमा सवारी साधन नचल्दा यात्रीको बिजोग
कार्तिक २ गते, २०७२ मा प्रकाशित
भारतको अघोषित नाकाबन्दीको मारमा पाल्पाका सर्वसाधारण पनि परेका छन् ।
नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको अभाव भएसँगै सवारी साधन कम चल्दा दसैंमा सदरमुकामबाट घर फर्किनेको बिजोग भएको छ ।
सदरमुकामबाट घर फर्किने विद्यार्थी, कर्मचारी र वैदेशिक रोजगारीबाट आएकालाई घरसम्म पुग्न धौ धौ पर्ने गरेको छ । घर फर्कने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पाल्पा भएर पोखरा, गुल्मी, अर्घाखॉची, स्याङ्गजालगायत जिल्लामा पुग्ने यात्रु राजमार्गमा घण्टौं सवारीको पर्खाइमा बस्ने गरेका छन् । मूख्य राजमार्गदेखि ग्रामिण क्षेत्र पुग्न निकै कम गाडी गुडेकाले छतमै कोचिएर यात्रा गर्नुको विकल्प छैन ।
दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न नसक्दा मूल्य बृद्धि भएको छ भने सामग्रीको अभाव हुन थालेको छ । इमेजखबरमा समाचार छ ।