काठमाडौंको टुँडिखेलस्थित सैनिकमन्चमा फूलपाती बढाइँको आयोजना

बडादसैंको सातौं दिन, फूलपातीमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलस्थित सैनिकमन्चमा फूलपाती बढाइँको आयोजना गर्‍यो ।
राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सेनाले फूलपाती बढाइँ समारोह गरेको हो । सेनाले राइफल र टोप पड्काएर फूलपाती बढाइँ गरेको थियो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव र मन्त्रीगणको उपस्थिति रहेको थियो । इमेजखबरमा समाचार छ ।