धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच झडप, ३० राउण्ड हवाई फायर

धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । 
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले करिब ३० राउण्ड हवाई फायर गर्नु परेको थियो  । राति  प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र मालबाहक गाडी लगिरहेका बेला  मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी र सवारी साधनमाथि ढुङ्गामुढा गरेका थिए । दर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् ।
 प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि  प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ । 
आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पु