भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध सिर्जना गरेपछि सरकारले चीनबाट ग्याँसलगायतका पेट्रोलियम पदार्थ ल्याउने पहल शुरु गरेको छ ।
आपूर्ति मन्त्रालयमा आइतबार आपूर्ति मन्त्री गणेशमान पुनको अध्यक्षतामा नेपाल आयल निगम, वाणिज्य मन्त्रालय, परराष्ट्रका पदाधिकारीहरुको बैठक बसेको छ । बैठकमा इन्धन आपूर्ति समस्याको तत्कालिन तथा दीर्घकालिन समाधानका साथै यसको वितरणलाई सहज बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा चीनले अनुदानस्वरुप दिन लागेको १२ सय मेट्रिक टन ईन्धन काठमाडौं ल्याउने तयारीको विषयमा पनि छलफल भएको थियो । साथै बैठकमा चीनसँग दीर्घकालिन रुपमा ईन्धन खरिद गर्ने सम्बन्धमा कार्ययोजना बनाउने विषयमा पनि छलफल भएको आपूर्तिमन्त्री पुनले बताए । इमेजखबरमा समाचार छ ।