ग्यासको कालोबजारी गर्ने व्यापारीलाई रुपन्देहीबाट पक्राउ, नेपालीलाई नबेची भारतीयलाई मात्र बेच्ने गरेको खुलासा

ग्यासको कालोबजारी गर्ने एक व्यापारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।
रुपन्देहीको वेलहियामा विष्णु एन्ड दीक्षा किराना पसल सन्चालन गर्दै आएका विष्णु पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।
पाठकले स्थानीयलाई ग्यास बिक्री नगरी भारतीय बजार सुनौलीका बासिन्दालार्ई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाली बजारमा ग्याससहितको सिलिन्डरको खुद्रा मूल्य ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्ने गर्दछ । प्रहरीले पाठकको किराना पसलमा खानतलासी गर्दा १४ ओटा ग्यासका सिलिन्डर फेला पारेको थियो ।
सीमा क्षेत्रमा बसेर व्यापार गर्दै आएका ती व्यापारीले पैसाको लोभमा नेपाली उपभोक्तालाई  १० हजार दिए पनि दिन्नँ  भन्दै भारतीयलाई बिक्री गरेको खुल्न आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने पाठकलाई अनुसन्धान गरेर सार्वजनिक अपराध तथा कालोबजारी ऐनअनुसारको कारबाही हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । इमेजखबरमा समाचार छ ।