मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ ।
मंगलबार काठमाडौंमा गरिएको साक्षात्कारमा मोर्चाका नेताहरुले आफूहरुका माग सम्बोधन गर्न सरकारले नचाहेको भन्दै आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेका हुन् ।
उनीहरुले सरकारी वार्ता टोली सीमांकनका विषयमा गम्भीर नभएको आरोप पनि लगाए ।
/>
मधेसी मोर्चाका वार्ता टोलीका सदस्यसमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीसँग माग सम्बोधन गर्न प्रस्ट एजेन्डा नभएको बताए ।
यस्तै, तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले सरकार सीमांकनलगायतका मधेसका मुद्दामा गम्भीर नभएको भन्दै आन्दोलनले उग्र रुप लिने बताए । इमेजखबरमा समाचार छ ।