चीनबाट व्यापारिकरुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता

 चीनबाट व्यापारिकरुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ ।
नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो-चाइना)बीच बुधबार सम्झौता भएको जनाइएको छ ।
भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउन सम्झौता भएको हो । चीनबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाउन चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा बेइजिङ गएको नेपाली प्रतिनिधिमन्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग छलफल गरी सम्झौता भएको चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख निर्मल काफ्लले जानकारी दिएका हुन् ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौतासँगै चीनबाट व्यापारिकरुपमा नेपालमा इन्धन आयात गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ । इमेजखबरमा समाचार छ ।