नवनिर्वाचित राष्ट्रपति विद्या देवी भण्डारीले आफूले संविधानअनुसारको जिम्मेवारी निर्वाह गर्ने बताएकी छन् ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सन्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सबैको भावना बुझेर समन्वय गर्दै अघि बढ्ने बताए ।
यस्तै, राष्ट्रपति निर्वाचनमा पराजित कुलबहादुर गुरुङले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ दिँदै लोकतान्त्रिक पद्धतिमा हारजित स्वभाविक भएको बताए ।
गुरुङले नवनिर्वाचित राष्ट्रपति भण्डारीले सफतापूर्वक काम गर्ने विश्वास पनि व्यक्त गरे । इमेजखबरमा समाचार छ ।