नेपालगन्ज रूपैडिया नाका अबरोध गर्न खोज्ने आन्दोलनकारीहरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले लखेटेर नाका सुचारू गरेका छन्। नाका अवरोध गर्न खोज्ने आन्दोलनकारी र भारतमा किनमेल गर्न जाने चाहाने सर्वसाधारणबीच बिबाद बढ्दै गए पछि नेपालगन्ज नाका केहिबेर तनाबग्रस्त भएको थियो।
आन्दोलनकारी र किनमेल गर्न भारत जान लागेका सर्ब साधारण बिच केहि बेर ढुंगा हानाहान समेत भएको थियो। नाका तनाब बढ्न थाले पछि नेपाल र भारतका सुरक्षाकर्मीहरुले आन्दोलनकारीहरुलाई दशगजा क्षेत्रबाट लखेटेका थिए।
नाकामा अबरोध हटे पछि भारतबाट आज २३ वटा पेट्रोलियम ट्रयान्कर तथा ७३ वटा मालबाहक ट्रक नेपाल भित्रिएको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ। सेतोपाटीमा समाचार छ ।