भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा औषधि, उपकरणसहित अक्सिजनकोसमेत अभाव
कार्तिक १३ गते, २०७२ मा प्रकाशित
भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा औषधि, उपकरणसहित अक्सिजनकोसमेत अभाव हुन थालेको छ ।
एक महिनाभन्दा लामो नाकाबन्दीका कारण भारतीय औषधि आउन छाडेपछि अस्पतालहरुमा अभाव देखिएको हो । नेपालका भारतीय औषधिले ठूलो हिस्सा ओगट्दै आएको छ ।
एक महिनाभन्दा लामो भारतीय नाकाबन्दीको प्रत्यक्ष असर अस्पतालहरुलाई पर्न थालेको छ । बिरामीको उपचारमा प्रयोग हुने उपकरण, अक्सिजनसहित औषधिकोसमेत अभाव भएको छ ।
उपकरण र औषधिको अभाव भएसँगै चिकित्सकहरुलाई अब कसरी उपचार गराउने भन्ने चिन्ता थपिएको छ । इमेजखबरमा समाचार छ ।