चीनको तेल लिन गएकामध्ये ३ ओटा ट्यांकर मात्रै केरुङमा

चीनले अनुदानमा दिएको पेट्रोल लिन काठमाडौंबाट आएका १२ ओटामध्ये शनिबार तीनओटा ट्यांकर मात्र केरुङ पुगेका छन् ।
चीनको केरुङतर्फ हिमपात भएका कारण शनिबार तीनओटा ट्यांकर मात्र केरुङ पुग्न सकेका हुन् । बाँकी ट्यांकर टिमुरेमै रोकिएको नेपाल आयल निगमका निर्देशक दीपक बरालले जानकारी दिए ।
पेट्रोल लिनका लागि नेपाल आयल निगमका अधिकारीसहित पेट्रोलियम व्यवसायीसमेतको टोली पनि केरुङ पुगेको छ । चिनियाँपक्षले सिगात्सेबाट पेट्रोल ट्यांकरमा नै केरुङ ल्याएको जनाएको छ ।
रसुवागढी नाका हुँदै ट्यांकर नेपाल भित्रिएपछि नेपाल आयल निगमको थानकोट डिपोमा भन्डारण गरिनेछ । त्यसपछि विभिन्न पेट्रोल पम्पबाट वितरण गरिने बताइएको छ । इमेजखबरमा समाचार छ ।