नेपाली कांग्रेस आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीमा नबस्ने भएको छ । तर, मधेसको मुद्धा सम्बोधनका लागि सरकारलाई सहयोग गर्ने बताएको छ ।
सरकारले मधेसी मोर्चा लगायत आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधान एवं परराष्ट्रपति कमल थापाको नेतृत्वमा वार्ता समिति बनाएको छ । सरकारले वार्ता टोलीमा कांग्रेसका प्रतिनिधि पनि रहने बताएको थियो ।
तर, कांग्रेस सभापति सुशील कोइरालाले वार्ता टोलीमा आफ्नो पार्टी नबस्ने बताए । उपराष्ट्रपति निर्वाचनपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले मधेसको समस्या समाधान गर्न भने साथ रहने बताए ।
कांग्रेसको विगतको अडानमा कुनै परिर्वतन नहुने कोइरालाले बताएका छन् । अन्लाईनखबरमा समाचार छ ।