ग्यास पाउने आशामा राजधानीस्थित बालाजु औद्योगिक क्षेत्रमा पुगेका सयौं सर्वसाधारणको ग्यास नपाउने नियति शनिबार पनि उस्तै रह्यो ।
राजधानीका केहि ग्यास उद्योगबाट केहि सर्वसाधारणले आधा सिलिन्डर भएपनि ग्यास पाए भने नपाउनेको संख्या उच्च रह्यो । थोरै मात्रामा आएको ग्यास वितरण प्रभावकारी नभएको गुनासो सर्वसाधारणको छ । पहुँचवालाले ग्यास पाउँदा आफूहरुले नपाएको सर्वसाधारणको आरोप छ ।
आधा सिलिन्डर ग्यास कहाँ र कहिले वितरण हुँदै छ भन्ने विषयमा पनि आफूहरुले सहि सूचना नआएको गुनासो सर्वसाधारणले गरेका छन् ।
भारतले लगाएको नाकाबन्दीका कारण चरम संकट भएपछि आएको ग्यास शनिबारदेखि आधा सिलिन्डर भएपनि बिक्री सुरु गरिएको ग्यास उद्योग संघका महासचिव कुशकुमार मल्लीले जानकारी दिए ।
काठमाडौंमा दैनिक २७ हजार ९ सय सिलिन्डर अर्थात् ५ सय ४ मेट्रिकटन ग्यास आवश्यक पर्नेमा हाल यसको ७ प्रतिशत पनि आयात नभएको उद्योगी बताउँछन् ।
ग्यास नआए आफूहरु भोकै बस्न सक्ने तर आएको ग्यास वितरण प्रभावकारी र समानुपातिक हुनुपर्ने उपभोक्ताको माग छ । इमेजखबरमा समाचार छ ।