पेट्रोलियम पदार्थ लिन ९ वटा ट्यांकर रसुवागढी नाकाबाट चीनको रेसुओ पोर्ट प्रवेश

चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन आज आइतबार ९ वटा ट्यांकर रसुवागढी नाकाबाट चीनको रेसुओ पोर्ट प्रवेश गरेको छ । ८० मेट्रिकटन पेट्रोलियम पदार्थ उठाउन ती ट्यांकर चीनको जिलोङकाउन्टी (केरुङ) भन्दा ४ किलोमिटरमाथि जाने छन् ।  हिजो शनिबार साढे २० मेट्रिकटन पेट्रोल नेपाल आएको हो । 

साढे आठ बजे ति ट्यांकर प्रवेश गरेको आयल निगमका निर्देशक तथा प्रवक्ता दिपक बरालले जानकारी दिए । हिजो राति साढे ९ बजे रसुवाको रसुवागढी नाका भित्रेको ३ वटा पेट्रोल बोकेका ट्यांकर ३ किलोमिटर तल टिमुरे रसुवा भन्सार कार्यालय नजिक सडकमा छन् । भन्सार राजश्व लिने/नलिनेबारे भन्सारका अधिकारी र नेपाल आयल निगमका पदाधिकारी विच छलफल चलिरहेको छ ।  शनिबार आएका २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर काठमाडौस्थित थानकोट डिप्पोमा आज आइतबार पुग्ने छन् । शुक्रबार १२ ट्यांकर चीनको केरुङमा इन्धन भर्न रसुवा आएका थिए । त्यसमध्ये चिनियाँ अधिकारीले शनिबार दिउसो ३ वटा ट्यांकरलाई इन्धन भर्ने अनुमति दिएका थिए । चीनले दुई दिन लगाएर ल्हासाबाट केरुङ पेट्रोल ल्याएको हो । 
मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्रन सहज नभएपछि नेपाल आयल निगमले इन्धन खरिद सम्झौता गरेर गरेर चीनबाट पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । तेल भरेर आएका पेट्रोलियम पदार्थका ट्यांकर सशस्त्र सिमा सुरक्षाबल र नेपाल प्रहरीले सुरक्षा दिन बताइएको छ । ईकान्तिपुरमा समाचार छ ।