वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागेर एकजना भारतीय नागरिकको मृत्यु, तनावपछि अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगन्जमा प्रहरीले चलाएको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ ।
शंकराचार्य गेटनजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर भारत रक्सौलका सोनुकुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीसँगको झडपमा अरु ६ जना प्रदर्शनकारी पनि घाइते भएका छन् ।
यसैबीच, वीरगन्जमा प्रर्दशन चर्कंदै गएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेदेखि नगर क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।
सोमबार बिहान ५ बजे सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको पाँच घन्टापछि वीरगन्ज