वीरगञ्जमा मारिने भारतीय निर्दोष भएको भारतीय विदेश मन्त्रालयको भनाई

भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी सोमबार वीरगञ्जमा भएको झडपप्रति गहिरो चासो व्यक्त गर्दै प्रहरीको गोली लागी निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाएको छ । 
वीरगञ्जमा आज भएको घटनाप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ,फायरिङमा निर्दोष भारतीय नागरिकको मृत्यु भएको छ । विज्ञप्तीमा नेपालले भोगेको समस्या राजनीतिक भन्दै बल प्रयोगले यसको समाधान ननिस्कने बताइएको छ । 
अहिले देखिएको भिडन्तको अवस्था नेपाल सरकारले प्रभावकारी र विश्वसनीय ढंगबाट सम्बोधन गर्नुपर्छ, विज्ञप्तीमा भनिएको छ । सीमा नजिकै भएको घटनाले भारतीय यातायात व्यवसायीहरु पुन: त्रसित भएको विज्ञप्तीमा भनिएको छ ।