
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी सोमबार वीरगञ्जमा भएको झडपप्रति गहिरो चासो व्यक्त गर्दै प्रहरीको गोली लागी निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाएको छ ।
वीरगञ्जमा आज भएको घटनाप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ,फायरिङमा निर्दोष भारतीय नागरिकको मृत्यु भएको छ । विज्ञप्तीमा नेपालले भोगेको समस्या राजनीतिक भन्दै बल प्रयोगले यसको समाधान ननिस्कने बताइएको छ ।
अहिले देखिएको भिडन्तको अवस्था नेपाल सरकारले प्रभावकारी र विश्वसनीय ढंगबाट सम्बोधन गर्नुपर्छ, विज्ञप्तीमा भनिएको छ । सीमा नजिकै भएको घटनाले भारतीय यातायात व्यवसायीहरु पुन: त्रसित भएको विज्ञप्तीमा भनिएको छ ।