बीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु मधेसी मोर्चाका कार्यकर्ताले उलंघन गर्न खोजेपछि मंगलबार पनि प्रहरीले हवाई फायर गरेको छ ।
ब्रम्हा चोकमा मोर्चाका कार्यकर्ताले प्रर्दशन सुरु गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर गरेको हो ।
हवाइ फायर पछि आन्दोलनकारी तितर वितर भएका थिए । सुरक्षा संवेदनशीलता बढेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट बीरगञ्जमा लगाउँदै आएको कर्फ्यु मंगलबार पनि जारी छ । इमेजखबरमा समाचार छ ।