मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
यसैगरि वैठकले रसुवाको राम्चेमा दुर्घटनामा परि विभिन्न अस्पतालमा  उपचारार्थ घाइतेहरुलाई  निशुल्क उपचारको व्यवस्था गर्न सम्वन्धीत मन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रीपरिषदको वैठकले वर्दियाको मैनापोखरीमा भदौ १८ गते शान्ति सुरक्षामा खटिएका प्रहरी हवल्दार टेक वहादुर पाण्डेको परिवारलाई १० लाख रुपैया दिने निर्णय पनि गरेको छ । इमेजखबरमा समाचार छ ।