एकीकृत नेकपा माओवादीमा ४० दिन पहिले पार्टी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग निकट मानिने स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भट्टराई र उनी पक्षीय केही नेताले पार्टी छोड्दा पार्टीलाई कुनै फरक नपर्ने दाबी गरेका छन्।
भट्टराई पक्षीय १८ जना केन्द्रीय सदस्यसहित ४५ जना नेताले पार्टी परित्यागको जनाउ दिएको भोलिपल्ट स्थायी समिति सदस्य रायमाझीले एउटै गाविसमा एक हजार जना भन्दा बढी नेता भएको पार्टीलाई ४५ जनाले पार्टी परित्याग गर्दा कुनै असर नगर्ने बताए।
रिपोर्टस क्लबले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा नेता रायमाझीले संविधानको कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बेला नयाँ पार्टी गठनको तयारी हुनु गलत भएको बताए।
उपप्रधानमन्त्री तथा उर्जामन्त्रीको रुपमा पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका रायमाझीले पार्टीभित्र विवाद् र संघर्ष हुनु तथा नेताहरु पार्टीबाट वाहिरिनु सामान्य घटना भएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले गठन गर्ने भनिएको नयाँ शक्ति असफल हुने ठोकुवा समेत गरे।
उपप्रधानमन्त्री रायमाझीले नेपाल र भारतबीच देखिएको आपूर्ति व्यवस्थापनको समस्यालाई राजनीतिक र कूटनीतिक तरिकाले समाधान गर्ने प्रयास भइरहेको बताए।
भूकम्प तथा मधेसको आन्दोलनका कारण समस्यामा रहेको नेपाललाई अघोषित नाकाबन्दीले थप सङ्कटमा पारिदिएपछि अहिले मुलुकलाई आत्मनिर्भर बनाउने अर्थतन्त्रको खाँचो महसुस गरिएको उनले बताए।
ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति र ऊर्जा सङ्कट समाधानका लागि सरकारले तात्कालिक, मध्यकालीन र दीर्घकालीन योजनालाई अघि सार्ने तयारी गरिरहेको उनले जानकारी दिए। उनले भने,