स्व. राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।
स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ ।
सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो । गत आवमा फेला परेको जग्गा १५ हजार २७३ रोपनी रहेको छ।
विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्याय बताउँछन्।
उनका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ।
सचिव उपाध्यायले भने,