नेपाल-चीनबीच २० बुँदे सहमति, चाँडै नै ७ नाका पुन: सञ्चालनमा आउने

 भारतको अघोषित नाकाबन्दी खेपेको नेपाललाई तत्काल राहतका लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताका साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ । ईकान्तिपुरमा समाचार छ । 
काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सबल बनाएर अघि बढाउन चीन तयार रहेको भन्दै नेपाल पक्षबाट पनि तत्काल काम सुरु हुनुपर्नेमा उनीहरूले जोड दिएको एक अधिकारीले बताए । नाकाको स्तरोन्नतिको काम तत्काल थालिनेछ ।
चीनले नेपाल जोड्ने अन्य नाकालाई पनि तत्काल विस्तार गर्दै लैजाने बताएको छ । मंगलबारदेखि काठमामाडौंमा भएको दुई देशका भन्सार अधिकारीहरूको उच्चस्तरीय बैठकले नेपाल