एमाओवादी पार्टीबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौं उपत्यकाको सडक विस्तारदेखि नदीनालाको सरसफाइलगायतका काम आफूले नै गरेको तर, बाबुराम भट्टराईको नाम आएको गुनासो पोखेका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाओवादीबाट मन्त्री बनेकाहरुलाई एकै ठाउँ राखेर शुक्रबार बिहान पार्टीनिकट पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
रायमाझीले मन्तव्यका क्रममा आफ्ना कमजोरीबाट कुरा राख्न सुरु गरेका थिए। पत्रकारहरुसँग घुलमिल नहुने र फोनमा रेस्पोन्स नगर्नु नै आफ्ना कमजोरी रहेको उनले स्वीकार गरे ।
त्यसैकारण आफूले गरेका राम्रा कामको स्वामित्व लिन नसकेको र ओझेलमा परेको मन्त्री रायमाझीले बताए । उपप्रधानमन्त्री रायमाझीले भने- म सुरुमा भौतिक योजना मन्त्री भएँ, तपाईहरुले देखिरहनुभा