काठमाडौं उपत्यकाको सडक विस्तारदेखि नदीनालाको सरसफाइलगायतका काम आफूले नै गरेको तर बाबुराम भट्टराईको नाम आएको टोपबहादुर रायमाझीको गुनासो

एमाओवादी पार्टीबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौं उपत्यकाको सडक विस्तारदेखि नदीनालाको सरसफाइलगायतका काम आफूले नै गरेको तर, बाबुराम भट्टराईको नाम आएको गुनासो पोखेका छन् । 
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाओवादीबाट मन्त्री बनेकाहरुलाई एकै ठाउँ राखेर शुक्रबार बिहान पार्टीनिकट पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
रायमाझीले मन्तव्यका क्रममा आफ्ना कमजोरीबाट कुरा राख्न सुरु गरेका थिए। पत्रकारहरुसँग घुलमिल नहुने र फोनमा रेस्पोन्स नगर्नु नै आफ्ना कमजोरी रहेको उनले स्वीकार गरे ।
त्यसैकारण आफूले गरेका राम्रा कामको स्वामित्व लिन नसकेको र ओझेलमा परेको मन्त्री रायमाझीले बताए । उपप्रधानमन्त्री रायमाझीले भने- म सुरुमा भौतिक योजना मन्त्री भएँ, तपाईहरुले देखिरहनुभा