उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफ्नो स्वतन्त्राताका लागि दोस्रो विश्वयुद्धमा नझुकेका नेपालीलाई भारतीय नाकाबन्दीले झुकाउन नसक्ने बताएका छन् ।
मधेसवादी भनेर मधेसमा आन्दोलन गर्ने शक्तिहरु नै मधेसविरोधी रहेको र त्यस्ता शक्तिलाई प्रयोग गरेर भारतले नेपालमा नकाबन्दी गर्नु दूर्भाग्यपूर्ण भएको मन्त्री रावलको भनाई छ ।
शनिबार युवा संघ नेपाल उपत्यका अञ्चल समितिले गरेको शुभकामना आदन-प्रदान कार्यक्रममा उनले स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखन्डताका विषयमा कसैसँग नझुक्ने बताए ।
उनले संविधान समानुपातिक समावेशी छैन भन्नेहरु निरक्षर रहेकोसमेत बताए ।
कार्यक्रममा सूचना, सन्चार तथा प्रविधिमन्त्री शेरधन राईले छिट्टै वार्तामार्फत् मुलुकलाई निकास दिने बताए । इमेजखबरमा समाचार छ ।



