आफ्ना नेता कार्यकर्ता भेट्न प्रचण्ड बुटवलमा

कृष्ण खनाल 
बुटवल  । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र नेपाल सरकारका उप्रधान तथा उर्जा मन्त्री  टोप बहादुरा रायमाझी बुटवल आएका छन् । 
बुटवलमा आएका  पुर्व प्रधान मन्त्री समेत रहेको प्रचण्डले नेपाल भारत विचको सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने बेला आएको बताएका छन् । भारतले गरेको अघोषिता नाकाबन्दीको कारण देश अस्तव्यस्त भएको भन्दै असल छिमेकीले अन्र्तराष्ट्रिय सन्धी सम्झौता विपरित नाकाबन्दी लगाएकोले आफैमा अन्र्तराष्ट्रिय करण भएको बताएका हुन । 
 एमाओवादी निकट कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बुटवलका आएका बेला क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने- कुटनितिक रुपमा  समस्या सामाधानको लागि आफ्नो प्रयास जारी रहेको छ, हामीले संविधान बनाएर गल्ती गरेका होईनौं ।
नेपालले पछिल्लो समयमा ऐतिहासिक चुनौतिको सामाना गरिरहेको भन्दै समस्या समाधानको लागि अविलम्ब पहलको  थालनी हुनुपर्ने धारणा समेत दाहलले राखेका थिए । विश्वमै प्रगतशिलि संविधान नेपालले बनाउन सफल भएकोमा अन्य देशको किन टाउको दुख्ने भन्दै दाहालले हामी नेपाली कसैसंग झगडा गर्न नचाहेको बताएका थिए ।