अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुद्धारा संसद बैठक अवरुद्ध

अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् ।
मधेसका मागहरु सम्बोधन गर्न दबाब दिँदै मोर्चा सम्वद्ध दलका सांसदहरुले आज संसदमा रोष्ट्रम अगाडी उभिएर विरोध जनाएका हुन् ।
यसअघि मोर्चाको तर्फबाट आफ्नो भनाई राख्दै संघीय समाजवादी फोरमका नेता अशोक राइले मधेसी जनताले लामो समयदेखि आन्दोलन गरिरहँदा पनि उनीहरुका माग पुरा गर्न सरकार गम्भीर नभएको आरोप लगाए ।
उनले यथास्थितिमा संसद बैठक अघि वढाउनुको औचित्य नभएको वताएपछि मधेशी मोर्चा सम्वद्ध आठ दलका सांसदहरुले संसदमा विरोध जनाएका हुन् ।
बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक पेश गर्ने तयारी संसद् सचिवालयले गरेपनि कार्यसूचीबाट हटाइएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक सहमति बिना प्राधीकरण विधेयक नल्याउन भनेपछि आजको कार्यूचीबाट हटाएको बताइएको छ । संसद् सचिवालयले यसबाहेक ४० भन्दा बढी विधेयक विभिन्न प्रक्रियामा रहेको जनाएको छ । इमेजखबरमा समाचार छ ।