इन्धन आपूर्तिको अनुमति पाएको विराट पेट्रोलियमद्धारा निगमसँग भएको सम्झौता खारेज

नेपाल आयल निगमबाट इन्धन आपूर्तिको अनुमति पाएको विराट पेट्रोलियमले निगमसँग भएको सम्झौता खारेज गरेको छ ।
इन्धन आपूर्तिका लागि निगमसँगको सम्झौता विवादित भएपछि विराट पेट्रोलियमले सार्वजनिक सूचना निकाली सम्झौता खारेज गरेको जनाएको हो ।
इन्धन ल्याउन विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले निगमको रकम सुरक्षित रहेको पनि विराटले जनाएको छ ।
विराटबाट निगमले डिजेल प्रतिलिटर १७८ र पेट्रोल १९९ रुपैयाँमा खरिद गर्ने सम्झौता गरेपछि विवाद भएको थियो । इमेजखबरमा समाचार छ ।