भारतले गरेको अघोषित नाकाबन्दीका कारण आपूर्ति हुन नसक्दा पाँचथरसहित पूर्वी पहाडी जिल्लामा औषधिको संकट

भारतले गरेको अघोषित नाकाबन्दीका कारण आपूर्ति हुन नसक्दा पाँचथरसहित पूर्वी पहाडी जिल्लामा औषधिको संकट पर्न थालेको छ ।
ती जिल्लामा गत असार महिनामा विराटनगरबाट सबै प्रकारका औषधि आयात गरिएको थियो । त्यसपछि विभिन्न समूहको बन्द, हड्ताल र आन्दोलनसँगै संविधान घोषणा भएलगत्तै भारतले नाकाबन्दी गर्दा औषधी आयात हुन नसकेको हो ।
सरकारले निःशुल्क वितरण गरेका औषधीसँगै, रुघाखोकी, ज्वरो र झाडापखाला जस्ता सामान्य विरामीलाई दिइने एन्टिवायोटिक औषधी समेत सकिन थालेको व्यवसायीले बताएका छन् । इमेजखबरमा समाचार छ ।