भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइन्न : बाबुराम भट्टराई

चितवन, कात्तिक २४ – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतलाई गाली गरेर मात्र राष्टवादी नभइने बताउनुभएको छ । चितवनमा मंगलबार भएको कार्यक्रममा उहाँले देशलाई आत्मनिर्भर बनाउन सक्नु मात्र राष्ट्रवाद हुने बताउनुभयो ।
नेपाललाई परनिर्भरताबाट मुक्त गर्न र अर्थतन्त्रलाई अन्तनिर्भर बनाउनुपर्ने बताउदै उहाँले देशले बेच्ने र किन्ने बस्तुको सन्तुलन नमिल्दासम्म समस्या आइरहने बताउनुभयो । भारतले गरेको नाकाबन्दीलाई जंगली हात्तीले घर भत्काउन लागेको संज्ञा दिदै भट्टराईले भन्नुभयो,