कात्तिक २५ – राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवम् स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।